LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

पहिलो नजरमै ५५–६० वर्षकी जस्तै देखिने ती दिदीको उमेर वास्तवमा ३५ वर्ष नाघेको छैन। भोक, प्यास, रोग र त्यससँगैको अभावले उनी अत्यन्त क्षीण र कमजोर अवस्थामा फेला

जनकपुरधाम ,कर्तिक २८ : लक्ष्मीनिया गाउँपालिका–४, सपहीमा अत्यन्त दयनीय अवस्थामापिएका एक महिलालाई मानव सेवा आश्रम धनुषाको टोलीले उद्धार गरेको छ। पहिलो नजरमै ५५–६० वर्षकी जस्तै देखिने ती दिदीको उमेर वास्तवमा ३५ वर्ष नाघेको छैन। भोक, प्यास, रोग र त्यससँगैको अभावले उनी अत्यन्त क्षीण र कमजोर अवस्थामा फेला परेकी हुन्।

उपचार नपाएको घाउका कारण उनका खुट्टा भरि किरा चलेका, टाउकोभरि जुम्रा, र जिउभरि सलबलाई भेटिएको आश्रमका उद्धारकर्ताहरूले जनाएका छन्। कठ्याङ्ग्रिँदो चिसो रातमा, जिर्ण शरीर र एक्लो जीवनसँग संघर्ष गरिरहेकी उनी जिउँदै लास जस्तै अवस्थामा भेटिएकी थिइन्।

मानव सेवा आश्रम धनुषाका अनुसार, दिदी एकदमै जोखिमपूर्ण अवस्थामा भएकाले तत्काल उद्धार गरी आश्रममा राखेर प्रारम्भिक उपचार सुरु गरिएको छ। उनी मात्र ३५ वर्षकी हुन्, तर कठोर जीवनसंघर्षले ७० वर्षकी जस्तै देखिन बाध्य भएकी छन् भन्ने आश्रमका प्रतिनिधिको भनाइ छ।

आश्रमले अब दिदीको पूर्ण उपचार, औषधीपचार र सुरक्षित पुनर्स्थापनाको प्रक्रिया अघि बढाइरहेको छ। साथै समाजका सबैलाई सकेजति सहयोग गर्न, नसकेमा कम्तीमा सूचना सेयर गरी दिदीको परिवार पहिचानमा सहयोग गर्न अपिल गरिएको छ।

मानवता बचाउने यस अभियानमा सानो सहयोगले पनि एउटा जीवन नयाँ ढङ्गबाट अगाडि बढ्न सक्ने आश्रमले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर