LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सुनचाँदी बजारमा गरिएको प्रहरी कारबाहीको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले बजार बन्दसहित विरोध प्रदर्शन

जनकपुरधाम, मंसिर १८ ।धनतेरस पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको सुनचाँदी बजारमा गरिएको प्रहरी कारबाहीको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले बजार बन्दसहित विरोध प्रदर्शन गरेको छ।

संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा व्यापारीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म बजार बन्द राख्दै प्रदर्शन गरेका हुन्।

यसअघि व्यापारीहरूले कालो झण्डा र कालोपट्टी बाँधेर पहिलो चरणको विरोध जनाएका थिए। सुनचाँदी बजारमा प्रहरीले छापा मार्दै करिब ७ किलो चाँदी नियन्त्रणमा लिएपछि विवाद सुरु भएको हो।

व्यापारीहरूले प्रहरीमाथि लुटपाट र दमनको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्

प्रतिक्रिया
सम्बन्धित खवर