LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनकपुरधाम को एक पोखरी डिलमा मानव खप्पर फेला

जनकपुरधाम भाद्र १ : जनकपुरधामको गंगासागर क्षेत्रलाई बिहानै एक अचम्मको घटनाले चर्चामा ल्याएको छ। आइतबार विहान मर्निङ्ग वाकका क्रममा स्थानीयबासीले गंगासागरको पूर्वी डिलमा मानव खप्पर देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोली घटनास्थलमा पुगेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा खप्पर भेटिएको स्थान वरिपरि कुनै शंकास्पद गतिविधि वा अन्य सामग्री भने फेला नपरेको प्रहरीले जनाएको छ। तर, मानव खप्पर कहाँबाट आएको हो, कसरी त्यहाँ पुगेको हो भन्ने विषयमा प्रहरी थप अनुसन्धानमा जुटेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर