LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

निकिता पौडेलको खुला पत्र: गृहमन्त्री र न्यायालयमाथि गम्भीर आरोप

काठमाडौँ, श्रावण २७ :रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री र प्रधान न्यायाधीशलाई सम्बोधन गर्दै खुला पत्रमार्फत श्रीमानको मुद्दामा राजनीतिक हस्तक्षेप र न्यायालयमाथि दबाब परेको आरोप लगाएकी छन्।

उनको भनाइअनुसार, अदालतको आदेश भए पनि गृहमन्त्री रमेश लेखकको निर्देशनमा त्यसको कार्यान्वयन रोकिने, मुद्दाको पेशी चढ्ने दिनमै न्याय परिषद्मा उजुरी पठाइने, र उक्त उजुरीको ड्राफ्ट समेत गृहमन्त्रीको कार्यकक्षमै तयार हुने जस्ता घटना भइरहेका छन्। उनले न्यायाधीशलाई धम्की दिने कार्य भएको र यसले स्वतन्त्र न्यायिक प्रक्रियामा असर पारेको दाबी गरेकी छन्।

पत्रमा उनले हरेक बहसमा सरकारी पक्ष नाजवाफ देखिए पनि फैसला विपक्षमा आउने, आदेश आउन अस्वाभाविक ढिलाइ हुने, मिडिया ट्रायल हुने र अस्वाभाविक व्यक्तिहरूको अदालतमा आवतजावत हुने अवस्थाबारे उल्लेख गरेकी छन्। सर्वोच्च अदालतको नजिर विपरीत रवि लामिछानेलाई धरौटीमा नछोडिएको आरोप गर्दै, उनले उच्च अदालतदेखि अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिँदै लेखेकी छन्– “न्याय पाउँछु कि पाउँदिन थाहा छैन, तर अन्तिमसम्म लडिरहन्छु।”

 

प्रतिक्रिया
सम्बन्धित खवर