LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

निकिता पौडेलको खुला पत्र: गृहमन्त्री र न्यायालयमाथि गम्भीर आरोप

काठमाडौँ, श्रावण २७ :रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री र प्रधान न्यायाधीशलाई सम्बोधन गर्दै खुला पत्रमार्फत श्रीमानको मुद्दामा राजनीतिक हस्तक्षेप र न्यायालयमाथि दबाब परेको आरोप लगाएकी छन्।

उनको भनाइअनुसार, अदालतको आदेश भए पनि गृहमन्त्री रमेश लेखकको निर्देशनमा त्यसको कार्यान्वयन रोकिने, मुद्दाको पेशी चढ्ने दिनमै न्याय परिषद्मा उजुरी पठाइने, र उक्त उजुरीको ड्राफ्ट समेत गृहमन्त्रीको कार्यकक्षमै तयार हुने जस्ता घटना भइरहेका छन्। उनले न्यायाधीशलाई धम्की दिने कार्य भएको र यसले स्वतन्त्र न्यायिक प्रक्रियामा असर पारेको दाबी गरेकी छन्।

पत्रमा उनले हरेक बहसमा सरकारी पक्ष नाजवाफ देखिए पनि फैसला विपक्षमा आउने, आदेश आउन अस्वाभाविक ढिलाइ हुने, मिडिया ट्रायल हुने र अस्वाभाविक व्यक्तिहरूको अदालतमा आवतजावत हुने अवस्थाबारे उल्लेख गरेकी छन्। सर्वोच्च अदालतको नजिर विपरीत रवि लामिछानेलाई धरौटीमा नछोडिएको आरोप गर्दै, उनले उच्च अदालतदेखि अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिँदै लेखेकी छन्– “न्याय पाउँछु कि पाउँदिन थाहा छैन, तर अन्तिमसम्म लडिरहन्छु।”

 

प्रतिक्रिया
सम्बन्धित खवर