LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

ओलीको कार्यकालमा १,३१७ किमि रेलमार्गको सम्भाव्यता अध्ययन पूरा, चीनको सहयोगमा स्रोतको खोजी

जनकपुरधाम श्रावण ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा रेल पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले हालसम्म १,३१७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीका अनुसार, देशको सबैभन्दा महत्त्वपूर्ण आयोजनामध्येका मेची–महाकाली विद्युतीय रेलमार्ग र पोखरा–काठमाडौँ विद्युतीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सफलतापूर्वक सम्पन्न भइसकेको छ। यसबाहेक, पोखरा–काठमाडौँ–लुम्बिनी रेलमार्गको निर्माणका लागि स्रोत जुटाउन चीन सरकारको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन पनि पूरा भएको छ।

सरकारको यो कदमले नेपालको यातायात क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास लिइएको छ। रेल सञ्जालको विस्तारले देशको आर्थिक विकासलाई गति दिने र जनतालाई सहज यातायातको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर