LIVE NEWS
'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियो

सर्लाही र रौतहटबाट श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित दुई जना नियन्त्रणमा

काठमाडौँ असार २७ । श्रोत नखुलेको २३ लाख २८ हजार ५ सय नेपाली र २ लाख १५ हजार ५० भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले असार २६ गते दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ सीमा ईलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सोही नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षीय ईन्द्रजित प्रसाद साहलाई नियन्त्रणमा लिइएको हो ।

भारतबाट बीआर ३० के ४००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा र भन्सार कार्यालयको संयुक्त टोली उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका–२ सीमा ईलाकाबाट ९ लाख २८ हजार ५ सय नेपाली रुपैयाँ र २ लाख १५ हजार ५० भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

सर्लाही जिल्लाको रामनगर गाउँपालिका–२ खयरवा बस्ने ३० वर्षका चन्दन पण्डितलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले नियन्त्रणमा लिएको हो । भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

  • नियन्त्रणमा लिइएकाहरूलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर