LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

अब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्ष

वैशाख १८ । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाले “केही नेपाल ऐन संशोधन विधेयक” पारित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा उल्लेखित पाँच वर्षे लाइसेन्स अवधि परिवर्तन हुँदैछ।

हाल प्रचलित ऐनको दफा ५४(३) मा सवारी लाइसेन्सको वैधता पाँच वर्ष मात्र रहने उल्लेख छ। तर, संशोधन विधेयकले यो व्यवस्था परिमार्जन गर्दै “पाँच वर्षसम्म” भन्ने शब्दको ठाउँमा “दश वर्षसम्म” भन्ने शब्द राख्ने व्यवस्था गरेको छ। यसको अर्थ, अब नयाँ जारी हुने लाइसेन्सको म्याद सीधा १० वर्षको हुनेछ।

यससँगै, नविकरणको हकमा पनि १० वर्षकै लागि हुने व्यवस्था विधेयकमा गरिएको छ।

उक्त विधेयक तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको पालामा तयार भएको थियो। २६ वैशाख २०८० मा प्रतिनिधि सभामा दर्ता गरिएको विधेयक २९ भदौमा विषयगत समितिमा पठाइएको थियो। समितिबाट छलफल तथा संशोधनसहित पारित भई १४ वैशाख २०८१ मा फेरि सभामा पुगेको विधेयक मंगलबार प्रतिनिधि सभाले पारित गरेको हो।

अब यो विधेयक राष्ट्रिय सभामा पेश हुनेछ। त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधि सभामा फर्केर राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिको प्रमाणीकरणपछि मात्र यो ऐनका रूपमा कार्यान्वयनमा आउने छ।

प्रतिक्रिया
सम्बन्धित खवर