LIVE NEWS
सेवाग्राहीहरूले अब टाढाका मालपोत कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेअस्पतालमा अनुमति बिना भिडियो खिचे वा होहल्ला गरे तुरुन्त कारबाही हुनेअब लापरबाही महँगो पर्ने: सडक दुर्घटनामा कडा सजायको प्रस्तावबँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटनाबालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्नलमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्याननिर्माण क्षेत्रमा ‘सुनामी’, मधेसका व्यवसायीको चेतावनी

अब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्ष

वैशाख १८ । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाले “केही नेपाल ऐन संशोधन विधेयक” पारित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा उल्लेखित पाँच वर्षे लाइसेन्स अवधि परिवर्तन हुँदैछ।

हाल प्रचलित ऐनको दफा ५४(३) मा सवारी लाइसेन्सको वैधता पाँच वर्ष मात्र रहने उल्लेख छ। तर, संशोधन विधेयकले यो व्यवस्था परिमार्जन गर्दै “पाँच वर्षसम्म” भन्ने शब्दको ठाउँमा “दश वर्षसम्म” भन्ने शब्द राख्ने व्यवस्था गरेको छ। यसको अर्थ, अब नयाँ जारी हुने लाइसेन्सको म्याद सीधा १० वर्षको हुनेछ।

यससँगै, नविकरणको हकमा पनि १० वर्षकै लागि हुने व्यवस्था विधेयकमा गरिएको छ।

उक्त विधेयक तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको पालामा तयार भएको थियो। २६ वैशाख २०८० मा प्रतिनिधि सभामा दर्ता गरिएको विधेयक २९ भदौमा विषयगत समितिमा पठाइएको थियो। समितिबाट छलफल तथा संशोधनसहित पारित भई १४ वैशाख २०८१ मा फेरि सभामा पुगेको विधेयक मंगलबार प्रतिनिधि सभाले पारित गरेको हो।

अब यो विधेयक राष्ट्रिय सभामा पेश हुनेछ। त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधि सभामा फर्केर राष्ट्रपतिलाई प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिको प्रमाणीकरणपछि मात्र यो ऐनका रूपमा कार्यान्वयनमा आउने छ।

प्रतिक्रिया
सम्बन्धित खवर