LIVE NEWS
के भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणाबाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

माइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलन

जनकपुरधाम,११ फागुन ।  माइती नेपाल धनुषा शाखाले सन् २०२४ को आफ्नो वार्षिक कार्यसम्पादनलाई एक पत्रकार सम्मेलनमार्फत प्रस्तुत गरेको छ। माइती नेपाल धनुषा शाखाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले संगठनले एक वर्षभर गरेका महत्वपूर्ण कामहरुको विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार, सन् २०२४ मा माइती नेपाल धनुषा शाखाले गृह संरक्षणमा १०० जना महिला तथा बालबालिकालाई आश्रय दिएको थियो। तिनमध्ये १८ वर्षभन्दा कम उमेरका ४६ जना र १८ वर्षभन्दा माथिका ५४ जना रहेका थिए। सीमावर्ती क्षेत्रबाट उद्धार गरिएका ४४ जना पनि यही संरक्षणमा राखिएका थिए।

यसैगरी, घरेलु हिंसा तथा अन्य समस्यामा परेका १७२ जनामध्ये १०० जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको थियो। उद्धार र संरक्षणमा रहेका १७२ जनामध्ये धेरैलाई परिवारसँग पुनर्मिलन गराइएको थियो। सिमा क्षेत्रमा ८,३८२ साधन चेकजाँच गर्दा ५,१९२ जनालाई आवश्यक परामर्श पनि दिइएको थियो। खोजतलासका १५ निवेदनहरुमध्ये १ जनालाई सफलतापूर्वक फेला पारेर परिवारसँग पुनर्मिलन गराइएको थियो।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका बुधनारायण साहनी प्रमुख अतिथिका रुपमा उपस्थित थिए। इनसेक मधेस प्रदेशका प्रमुख राजु पासवान, जिल्ला प्रहरी कार्यालय धनुषाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्रासहित विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

माइती नेपाल धनुषाको एक वर्षे प्रभावकारी कार्यले महिला तथा बालबालिकाको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर