LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरण

जनकपुर। मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई पिकअप सवारी साधन हस्तान्तरण गरेको छ।

मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई एक /एक वटा साथै सर्लाही, रौतहट, चन्द्रपुर र गरुडा ईलाका प्रहरी कार्यालयलाई थप एक÷एक वटा गरी जम्मा १२ वटा पिकअप प्रहरी भ्यान हस्तान्तरण गरिएको छ।

हस्तान्तरण गरिएको पिकअप भ्यानमा अपर इमरजेन्सी लाईट, साइरन, सेफ्टि बक्स किट, टुलबक्स, ट्राफिक लाईट हाइलाइटर स्टिक पनि समावेश रहेको छ।

प्रदेश सरकारले प्रत्येक वर्ष प्रदेशभरीका सुरक्षा निकायका निम्त बजेट छ्ट्याउने गरेको छ। यस वर्ष प्रति पिकअप ३९ लाख ५ हजार रुपैयाँको रकम छुट्याइएको थियो।

अबको केही दिन पछि गृहमन्त्रालयकै तर्फबाट प्रदेशभरिका सस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई ७० वटा मोटरसाईकल हस्तान्तरण गर्ने गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए।

उनले प्रदेश सरकार सुरक्षा निकायलाई चुस्त दुरुस्त बनाउन सदैव साकारात्मक रहेको उल्लेख गर्दै सम्पूर्ण सुरक्षा निकायलाई जनताको सेवालाई प्राथमिकतामा राखेर कार्य गर्न निर्देशन दिए।

गृहमन्त्री महतोले आठवटै जिल्लाका प्रहरी प्रमुखलाई मन्त्रालयसंग समन्वय गरेर कार्य गर्न आग्रह गरे। उनले स्रोत साधन वा अन्य कुनै भौतिक वा आर्थिक सहयोगको आवश्यकता भए मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे।

गृहमन्त्री महतोले सुरक्षा व्यवस्थापनका निम्ति आफू र गृहमन्त्रालय २४ घण्टा उपलब्ध रह्ने प्रतिबद्धता जाहेर गरे।

प्रतिक्रिया
सम्बन्धित खवर