LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

महाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेस

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत रिट पेश गरेका छन्।

सोमबार देउवा र खड्काले अलग अलग रिट पेश गरेका हुन्। नेता खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिएका हुन् । त्यस्तै अर्का नेता दीपक खड्काले देउवाको तर्फबाट रिट पेस गरेका छन्।

रिट अध्ययनको क्रममा रहेकोले दर्ता नभएको बुझिएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार रिट अध्ययनकै क्रममा रहेका छन्। यसअघि देउवा पक्षले शुक्रबार पेश गरेको रिट भने फिर्ता लिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर