LIVE NEWS
वडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणाबाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठन

रामगोपालपुरमा नवनिर्मित सामुदायिक धर्मशालाको उद्घाटन सम्पन्न

फाल्गुन ०३,महोत्तरी/इर्शाद। महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ८ स्थित विर्तामा नवनिर्मित सामुदायिक धर्मशालाको शुक्रबार उद्घाटन सम्पन्न भएको छ। पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री तथा प्रदेश सांसद सरोज कुमार सिंह कुशवाहाले संयुक्त रूपमा उक्त धर्मशालाको उद्घाटन गर्नुभएको हो।

सामाजिक विकास इकाई जनकपुरको कोषबाट निर्माण सम्पन्न भएको यस धर्मशाला स्थानीय बासिन्दा, तीर्थयात्री तथा विभिन्न सामाजिक कार्यहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा नागरिक समाजका अगुवा, स्थानीय नेता, बुद्धिजीवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री डा. सुरेन्द्र यादवले समुदायका लागि सार्वजनिक संरचनाहरूको विकास आवश्यक रहेकोमा जोड दिएका थिए। उनले धर्मशालाले यात्रु तथा समाजका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

पूर्व मन्त्री तथा प्रदेश सांसद सरोज कुमार सिंह कुशवाहाले समाजको मागअनुसार नै सामुदायिक धर्मशालाको निर्माण गरिएको बताए। उनले धर्मशालाको उचित संरक्षण र सदुपयोगका लागि स्थानीय तह तथा नागरिक समाजले पहल गर्नुपर्नेमा जोड दिए।

यस अवसरमा स्थानीय बासिन्दाहरूले नवनिर्मित धर्मशालाको संरक्षण तथा दिगो उपयोगका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रमुख अतिथि डाक्टर सुरेन्द्र यादव, विशिष्ट अतिथि सरोज सिंह कुशवाहा, अतिथि जिल्ला कार्यकारणी सदस्य रविन्द्र सिंह, जसपा नगर संयोजक सुरेश यादव, सह-संयोजक विजय यादव, वडा कमिटी अध्यक्ष बिपिन मण्डल लगायत नागरिक समाजहरूको उपस्थितिमा धर्मशालाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर