LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलामी प्रक्रिया

  1. माघ ३०,वीरगञ्ज ।  बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा कानुनी र विश्वसनीय ढङ्गले गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
  • जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आज यहाँ आयोजित बैंक तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख तथा प्रतिनिधिसँगको अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा देखावटी रूपमा मात्रै नभएर विश्वसनीय ढङ्गले गर्नुपर्ने बताएका हुन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने बताउनुभयो । “धितो स्वीकार गर्ने बेला रु ५० लाख मूल्याङ्कन भएको सम्पत्ति लिलाम गर्नुपर्दा भने रु २८–३० लाख मूल्याङ्कन गर्ने प्रक्रियालाई सुधार गर्न जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो, “धितो स्वीकार गर्दा इञ्जिनियरसहितको प्रयोग गरेको देखिन्छ तर, लिलाम गर्दा सो प्रक्रिया किन नअपनाइएको हो? यो विषयमा पनि सुधार गर्न आवश्यक भइसकेको छ ।”

प्रतिक्रिया
सम्बन्धित खवर