LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

मेलम्चीको पाइप फुटेपछि बबरमहल जल्मंग्न

माघ ३०,काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो।

‘अहिले बिजुली पनि छैन। अदालतको भुइँतला सबै डुबेको छ,’ उनले भने। उनका अनुसार सबै कर्मचारी र सेवाग्राही अदालत परिसरभित्रै रोकिएका छन्।

‘हामी सबै अदालतभित्रै छौं,’ उनले भने, ‘पानी पसेपछि चलिरहेको सुनुवाइ पनि स्थगित गरेका हौं।’ उनीहरूलाई सुरक्षार्थ खटिएका प्रहरीको टोलीले उद्धार गरिरहेको छ।

बुधबार दिउँसो मेलम्चीको मुख्य पानीको पाइप एकाएक भित्र छिरेपछि अहिले त्यहाँ वरपर जलमग्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर