LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सडक भासिएपछि बालेनले भने- टुकुचा माथिका घरहरू पनि यसैगरी भासिन्छन

साउन २५,काठमाडौं। दरबारमार्गस्थित महेन्द्र शालिक–काठमाडौं प्लाजा सडक भासिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिचिएको टुकुचा खोलाको प्रसंग निकालेका छन् ।

टुकुचा खोला छोपेर बनाइएको सडकमा ठूलो भ्वाङ परेपछि मेयर शाहले घरहरू पनि जोखिममा पर्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिकाको कार्यालयअगाडिकै सडक भ्वाङ परेपछि सडक विभागले टाल्ने तयारी गरिरहँदा शाहले त्यसलाई खोलो छोपेको दुष्परिणाम भनेका छन् ।

शाहले समाजिक सञ्जालमा भ्वाङ परेको सडकको भिडियो सार्वजनिक गर्दै अझै केही घर छोपिएको टुकुचाको चपेटामा पर्दै जाने बताएका छन् ।

यो जोखिम देखेर नै महानगरले टुकुचा खोला खोल्न थालेको उनले बताएका छन् । तर अदालतले रोकिदिएका कारण खोलो खोल्ने काम रोक्नुपरेको उनले बताएका छन् ।

टुकुचा खोलाको क्षेत्राधिकारको जग्गा व्यक्ति विशेषको नाममा त्रुटीवश हुन गएकाले कानुनअनुसार लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि शाहले भनेका छन् ।

सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने उनले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर