टुडेवाणी संवादाता,असार ७,धनुषा।
धनुषामा विषालु सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरका श्रीलाल महतोकी छोरी वर्ष ५ को सन्ध्या कुमारी महतो रहेका छन् ।
घरभित्री ओछ्यानमै सुतिरहेकी सन्ध्यालाई आज बिहान करिब ३ बजे सर्पले टोकेको थियो । उनलाई उपचारको लागि सिरहा जिल्लाको बन्दीपुर सर्पदन्स उपचार केन्द्र, फुलकुमारी मेमेरियल हस्पिटल लगायतमा लगेको थियो । तर पनि बालिकाको ज्यान जोगिन नसकेको परिवारजनले जनाएको छ ।