LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदै।।

टुडेवाणी,संवाददाता,२ वैशाख,धनुषा । नयाँ वर्षको स्वागतमा तराई मधेश सहित मिथिलामा आज जुडशीतल पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख २ गतेका दिन बिहानैदेखि गाउँ गाउँमा आफूभन्दा सानोको टाउकोमा जल अर्थात पानी थपथपाएर आर्शीवाद दिने चलन रहेको छ।

आमा बुबा, गुरु,एवम् ज्येष्ठ नागरिकले आफूभन्दा सानोको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ ।

वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ नागरिकले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् ।

आजका दिन रुखविरुवामा पनि पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ ।

सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर