LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

कमला बचाउ अभियानको चौथो बार्षिकोत्सव महा कमला आरती गरि रामघाटको किनारमा मनाईयो

धनुषा, कार्तिक २२ गते । कमला बचाउ अभियानले चौथो बार्षिकोत्सव सफलता पुर्वक सप्पन्न गरेको छ । विगत चार बर्ष देखि निरन्तर कमला बचाउ अभियानले वार्षिक महोत्सव मनाउदै आएको छ तर यस बर्ष महा कमला आरती गरि कमलाको रामघाटको कमला किनारमा मनाईएको छ ।

उक्त कार्यक्रममा महागंगा आरतीका टीम द्वारा कमला आरती तथा अभियानको स्मारिका २०७९ अग्नी कुण्डका महन्थ नवलकिसोर शरणको प्रमुख आतिथ्य एवम कमला बचाउ अभियानका संयोजक बिक्रम यादव , विशिष्ट अतिथि कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया,मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल , कमला अभियानी सुरेन्द्र यादव बिमोचन गरि बार्षिक उत्सव सम्पन्न गरेका छन ।

कार्यक्रममा महन्थ नवलकिशोर शरणले कमला स्नान गर्ने शुभ दिनमा वली प्रदान गर्नु दुखद रहेको बताउदैँ यस किसीमको प्रथालाई बढावा दिननहुने बताए । उनले कमलाको महिमाको विषयमा समेत प्रकाश पारेका थिए ।

कार्यक्रममा हजारौं श्रद्धालु भक्तजन कमला अभियानीहरुमा बिनोद महरा,बिरेन्द्र यादव, राजकिशोर सल्हैता, श्याम कुमार महतो,समाजसेवी प्रभु दयाल जलान,हरिनारायण साह,पत्रकार अबधेस कामत,प्रमोद साह,अर्जुन मण्डल,नरेशचन्द्र बरबरिया लगायत हजारौं श्रद्धालु भक्तजनहरुको सहभागी रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर