LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषाधामको आयोजनामा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

धनुषाधाम, २०कात्तिक, २०७९ । धनुषाको धनुषाधाम नगरपालिकामा नेकपा एमाले, राप्रपा, नेपाली कांग्रेस र स्वतन्त्र परित्याग गरि सन्जिब यादवको अगुवाइमा सयौं स्थानीय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) धनुषाधामको आयोजनामा विभिन्न पार्टी परित्याग गरेर सयौंको संख्यामा कार्यकर्ता एमाले, राप्रपा, कांग्रेस, जसपा परित्याग गरि स्वतन्त्र मेयरको प्रत्याशी सन्जिव यादवको नेतृत्वमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई प्रमुख अतिथि पार्टीका केन्द्रिय उपमहासचिव एवं पूर्वमन्त्री समेत रहनुभएका धनुषा निर्वाचन क्षेत्र न.१ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मातृकाप्रसाद यादवले गमछा लगाएर नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभएको हो ।

 

उक्त कार्यक्रममा विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव,गठबन्धन एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री आनन्द प्रसाद ढुंगाना,माओवादी धनुषा जिल्ला अध्यक्ष दीपक यादव, प्रदेश कमिटी सदस्य झलकु यादव, श्याम यादव वाइसीएल धनुषा प्रदेश सह इन्चार्ज सरोज यादव, गणेशमान चारनाथका नगर अध्यक्ष महेश लाल यादव,उपाध्यक्ष श्रीबिन्दु मास्के सहितका नेताहरूको उपस्थितिमा कार्यक्रम गरिएकाे थियाे ।

 

कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष बिस्निले गर्नुभएको थिए भने स्वागत मन्तव्य उपमेयर प्रत्याशी अम्बिका विश्वकर्माके राखेकी थिइन र कार्यक्रम सञ्चालन नगर सचिव उदय यादवले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर