LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु ,अन्य ६ जना गम्भीर घाइते

जनकपुरधाम, कार्तिक२०गते । धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया गाउँपालिका नजिक आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ११ दिने शिशुको मृत्यु भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार ६ जना गम्भीर घाइते भएका छन् ।

उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन। गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटलमा भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी क्षेत्रीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर