LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

छठ पर्वको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु

सिरहा, कार्तिक१० गते।  सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भएर पल्टिदा दुई जनाको मृत्यु भएको छ।

भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर न.पा. ४ का ३० को छेदुवा गोईत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थलमै मृत्यु भएको छ।

 

छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा च्यापिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरको नम्वरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन।

 

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भईरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर