LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

छठ पर्वको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु

सिरहा, कार्तिक१० गते।  सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भएर पल्टिदा दुई जनाको मृत्यु भएको छ।

भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर न.पा. ४ का ३० को छेदुवा गोईत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थलमै मृत्यु भएको छ।

 

छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा च्यापिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरको नम्वरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन।

 

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भईरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर