LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषाको मिथिला नगरपालिका ६ मा रहेको ऋद्धिसिद्ध सहकारीको १५ औं साधारणसभा सम्पन्न।।

टुडेवाणी,संवाददाता,असोज ३०,धनुषा।
धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा रहेको ऋद्धिसिद्ध बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष राजलाल महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको प्रमुख आथितिमा साधारणसभा सम्पन्न भएको भएको हो ।

साधारणसभा कार्यक्रममा शुभकामना मन्तव्य दिँदै मेयर महतोले नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारीहरुलाई व्यवस्थित तुल्याउन प्रयास भइरहेको बताए । नगरपालिकामा एकसयभन्दा बढी सहकारी सञ्चालनमा रहेको जानकारी गराउँदै उत्कृष्ट सेवा प्रदान गरेका सहकारीलाई पुरस्कृत गरिने र खराब काम गरेका सहकारीलाई दण्ड जरिवाना गरिने जानकारी दिए ।

कार्यक्रममा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले प्रदेश सरकारको सहकारी ऐन प्रमाणीकरण भइसकेको र राजपत्राङ्कितमा प्रकाशित हुनसाथ अगामी आर्थिक वर्षदेखि सहकारी लक्षित कार्यक्रम गरिने बताइन् । उनले व्यापार व्यवसायसँगै कृषि उत्पादनका क्षेत्रमा लगानी गर्न सुझाए दिइन् ।

यसैगरी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष ध्रुवनारायण यादवले बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई उत्पादनसँग जोड्न पर्ने धारणा व्यक्त गरे । निर्यातभन्दा बढी आयात भइरहेकाले देशको अर्थतन्त्र कमजोर बनेको र अर्थतन्त्रमा सुधार ल्याउन कृषि उत्पादन बढाउनुको विकल्प नभएको उनले जानकारी दिए ।

वार्षिक खबौं रुपियाँको खाद्यन्य आयात भइरहेको छ । नेपालमै खाद्यन्य उत्पादन गर्न सके वार्षिक खबौं रुपियाँ जोगिने र देशको अर्थतन्त्र बलियो छ । त्यसका लागि सहकारीमा जोडिएका सदस्य र सहकारी आफै उत्पादनसँग जोडिनुपर्छ, अध्यक्ष यादवले भने ।

साधारणसभा कार्यक्रममा संस्थाको आयव्यय सहकारीका अध्यक्ष राजलाल महतोले प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय प्रस्तुत गर्दै संस्थाका कुल सदस्य संख्या दुई हजार ३३४ जना रहेको र कुल चुक्ता शेयर पुँजी दुई करोड २४ लाख नौं हजार सात सय रुपियाँ रहेको बताए । यस्तै, कुल बचतमा छ करोड ८६ लाख २५ हजार ६१५ रुपियाँ छ । यसैगर, कुल ऋण लगानीमा ११ करोड ८८ लाख ६५ हजार २२५ रुपियाँ छ ।

अध्यक्ष महतोले छरिएर रहेको पुँजीलाई संकलन गरी उत्पादनशील र व्यवसायिक क्षेत्रमा लगानी लगाएको बताए । त्यस अवसरमा संस्थाले उत्कृष्ट ऋणी र बचत गर्ने व्यक्तिहरूलाई सम्मान पनि गरेको थियो । गतिलो खबर बाट

प्रतिक्रिया
सम्बन्धित खवर