LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सर्लाहीको क्षेत्र न.४ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्र का फकिरा महतोले पाए टिकट।।

टुडेवाणी,संवाददाता,असोज २३,सर्लाही।
सर्लाहीको क्षेत्र न.४ का (ख) मा सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्र का फकिरा महतोले टिकट पाएको छ ।
आउदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य को निर्वाचनमा सर्लाही क्षेत्र न.-४ (ख) बाट माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य पदमा बामपन्थी आन्दाेलनका बाैद्धिक तथा ऊर्जावान नेता महतोले टिकट पाएको माओवादी केन्द्र निकट एक केन्द्रिय नेताले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका नेता शिवपुजन यादव, रामेश्वर यादव, कमल बुढाथोकी, भरत थापा, पहल्दाद बुढाथोकी लगायतका नेताको सहयोग र सदभावले उहाँलाई सर्लाही क्षेत्र नं ४ (ख) को उमेदवार बनाइएको बताइन्छ । उनि
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, प्रचण्ड पुत्री गंगा दाहाल निकष्ट मानिन्छ ।

नेकपा माओवादीका प्रदेश सदस्यका उम्मेदवार महतो प्रभावशाली, क्षमतावान, सादगी र निष्ठावान युवा नेता मानिन्छ । उहाँको क्षेत्रमा भएको क्रेज र जनताको चाहना अनुसार माओवादी केन्द्रले उहाँलाई टिकट दिएको माओवादी केन्द्रका एक नेताले बताए । उहाँ भारी मतको अन्तरले जित्ने उहाँको दाबी थियो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र न.४ को सट्टा सर्लाही क्षेत्र न. ४ मा उम्मेदवारी दिने चर्चा रहेको छ ।
प्रतिनिधि सभामा अमरेश सिंहको ठाउँमा गगन थापाले चुनाव लडने विभिन्न संचारमाध्यममा समाचार आएको छ, भने क्षेत्र न.४ (क) बाट विरेन्द्र सिंह ले उम्मेदवारी दिने यस अघि नै सुनिस्चित भइसकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर