LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

एमाले नेता गंगाराम यादव जनता समाजवादी पार्टीमा प्रवेश।

टुडेवाणी,संवाददाता,असार १३,धनुषा।
नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका छन् । धनुषाको शहिदनगरमा आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा स्वागत गरेका छन् ।
उनले दुईदिन अघिमात्रै पत्रकार सम्मेलन गरी एमाले परित्याग गरेका थिए । स्रोतका अनुसार नेता यादवलाई जसपा अध्यक्ष यादवले धनुषा २ बाट उम्मेदवार बनाउने आश्वासनसहित पार्टी प्रवेश गराएका छन् ।

धनुषा २ बाट नेकपा एमालेले उमाशंकर अरगरियालाई उम्मेदवार बनाउँदैछन् । असोज ८ मा धनुषामै आएर एमाले अध्यक्ष केपी ओलीले अरगरियालाई भित्र्याएपछि नेता यादव रुष्ट थिए । ओलीले अरगरियालाई उम्मेदवार बनाउने भएपछि नेता यादव एमाले परित्याग गरे ।

टिकटको लोभमा जसपामा प्रवेश गरेपनि नेता यादवले सत्ता गठबन्धनबाट उम्मेदवार हुने सम्भावना न्यून छ । धनुषा २ बाट हेभिवेट मानिने काँग्रेसका रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका रामचन्द्र झा दावेदार छन् । उनी दुवैजना पूर्वमन्त्री हुन् । स्रोतका अनुसार झा वा यादवमध्ये नै कोही सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर