LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रेस मञ्च नेपाल धनुषाको अध्यक्षमा मण्डल चयन।।

टुडेवाणी,संवाददाता,भदौ २४,धनुषा।
प्रेस मञ्च नेपाल धनुषाको अध्यक्षमा अर्जुन मण्डल निर्वाचित भएका छन् । जनकपुरधामको आनन्द होटेलमा आयोजित प्रथम धनुषा जिल्ला अधिवेशनबाट मण्डलको अध्यक्षतामा १७ सदस्सीय जिल्ला कमिटीको चयन भएको हो ।

उपाध्यक्षमा बिरेन्द्र साह,आरती मण्डल , सचिवमा आमिन राइन निर्वाचित भएका छन् भने सह–सचिवमा बिशाल दुब्बे ,सन्तोष कुमार यादव र कोषाध्यक्षमा विनय यादव निर्वाचित भएका छन् ।

त्यसैसरि सदस्यहरूमा अयुव हुसेन,सुमित कुमार सिंह,सन्तोष झा,आरती कुमारी साह,प्रीया कर्ण,धर्मेन्द्र सहनी,पिताम्बर कापर(शिवम इश्वर )तनविर रेजा राइन,निशान्त कुमार ओझा निर्वाचित भएका छन् ।

प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम अर्जुन मण्डलको अध्यक्षता एवम् जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशका संसदीय दलको उपनेता राम आशिष यादव प्रमुख अतिथि रहनुभएको थियो भने नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष एवं प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष राजेश कुमार कर्ण बिशिस्ट अतिथि रहनुभएका थिए ।
सो अधिवेशनमा प्रेस मञ्च नेपाल मधेस प्रदेशका अध्यक्ष मुकेश कुमार ठाकुर,जनता समाजवादी पार्टी नेपाल धनुषा उपाध्यक्ष अम्बु प्रसाद साह,जसपा केन्द्रिय संघिय परिषद सदस्य प्रेम चन्द्र झा,प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष आतिश कुमार मिश्र मिडिया काउन्सिलका सदस्य कैलास दास,चलचित्र तथा लोकसंचार प्रबर्द्धन बिकास बोर्डका सदस्य पुष्पा यादव,चलचित्र तथा लोकसंचार प्रबर्द्धन बिकास बोर्डका सदस्य अशोक दत्त,पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामत, प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य कुल्दिप दास ,प्रेस मञ्च नेपाल धनुषाका पुर्व अध्यक्ष राम नारायण कापरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रथम जिल्ला अधिवेशनको बन्द शत्रको अध्यक्ष्ा अशोक दत्तले गर्नुभएको थियोे तथा प्रमुख अतिथिमा जसपा मधेस प्रदेशका सचिव जितेन्द्र यादव रहनुभएका थिए ।कार्यक्रममा जसपाका नेता बलराम साह सहितको उपस्थिति रहेका थिए ।

कार्यक्रममा दुइ दर्जनभन्दा बढी पत्रकारले प्रेस मञ्च नेपालमा प्रवेश गरेका हुन् भने कार्यक्रम संचालन प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य राम हृदय यादवले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर