LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

प्रेस मञ्च नेपाल धनुषाको अध्यक्षमा मण्डल चयन।।

टुडेवाणी,संवाददाता,भदौ २४,धनुषा।
प्रेस मञ्च नेपाल धनुषाको अध्यक्षमा अर्जुन मण्डल निर्वाचित भएका छन् । जनकपुरधामको आनन्द होटेलमा आयोजित प्रथम धनुषा जिल्ला अधिवेशनबाट मण्डलको अध्यक्षतामा १७ सदस्सीय जिल्ला कमिटीको चयन भएको हो ।

उपाध्यक्षमा बिरेन्द्र साह,आरती मण्डल , सचिवमा आमिन राइन निर्वाचित भएका छन् भने सह–सचिवमा बिशाल दुब्बे ,सन्तोष कुमार यादव र कोषाध्यक्षमा विनय यादव निर्वाचित भएका छन् ।

त्यसैसरि सदस्यहरूमा अयुव हुसेन,सुमित कुमार सिंह,सन्तोष झा,आरती कुमारी साह,प्रीया कर्ण,धर्मेन्द्र सहनी,पिताम्बर कापर(शिवम इश्वर )तनविर रेजा राइन,निशान्त कुमार ओझा निर्वाचित भएका छन् ।

प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम अर्जुन मण्डलको अध्यक्षता एवम् जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशका संसदीय दलको उपनेता राम आशिष यादव प्रमुख अतिथि रहनुभएको थियो भने नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष एवं प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष राजेश कुमार कर्ण बिशिस्ट अतिथि रहनुभएका थिए ।
सो अधिवेशनमा प्रेस मञ्च नेपाल मधेस प्रदेशका अध्यक्ष मुकेश कुमार ठाकुर,जनता समाजवादी पार्टी नेपाल धनुषा उपाध्यक्ष अम्बु प्रसाद साह,जसपा केन्द्रिय संघिय परिषद सदस्य प्रेम चन्द्र झा,प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष आतिश कुमार मिश्र मिडिया काउन्सिलका सदस्य कैलास दास,चलचित्र तथा लोकसंचार प्रबर्द्धन बिकास बोर्डका सदस्य पुष्पा यादव,चलचित्र तथा लोकसंचार प्रबर्द्धन बिकास बोर्डका सदस्य अशोक दत्त,पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामत, प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य कुल्दिप दास ,प्रेस मञ्च नेपाल धनुषाका पुर्व अध्यक्ष राम नारायण कापरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रथम जिल्ला अधिवेशनको बन्द शत्रको अध्यक्ष्ा अशोक दत्तले गर्नुभएको थियोे तथा प्रमुख अतिथिमा जसपा मधेस प्रदेशका सचिव जितेन्द्र यादव रहनुभएका थिए ।कार्यक्रममा जसपाका नेता बलराम साह सहितको उपस्थिति रहेका थिए ।

कार्यक्रममा दुइ दर्जनभन्दा बढी पत्रकारले प्रेस मञ्च नेपालमा प्रवेश गरेका हुन् भने कार्यक्रम संचालन प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य राम हृदय यादवले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर