टुडेवाणी,भदौ २४ धनुषा।
आउँदो मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभाको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महोत्तरी क्षेत्र नं. ३ ‘ख’ बाट प्रदेश सभा सदस्यको लागि सुदिप कुमार झा सिफारिस भएको छ । झा विगतको मधेश आन्दोलको लागि संर्घष गर्दै आएको र संक्रिय भूमिका रहेको जनताहरुको लोकप्रिया र मन मष्तिसमा रहेको छ । झाको लोकप्रियता, ईमान्दारीता, लगनशीलता र राजनीतिकको मुहार फेर्न सक्ने होसला देखेपछि प्रदेश सभा सदस्यको लागि सिफारिस गरेको बिग्य नेताहरुको भनाई छन् ।
झाले भन्नु भयो राजनीतिकलाई अहिलेको नेता व्यापारको रुपमा लिएको छन् । भोलाभाला जनतालाई केही पैसा र भोजभतेर खुवाएर भोट किन्ने गर्छ र चुनाव जितेपछी काठमाण्डौँमा एसीको हावा खाए पछी ती जनतालाई भुल्ने गर्छ । अहिलेकै अवस्था हाम्रो प्रदेशको हेर्दा खेरी विडम्ना नै विडम्ना देखिन्छ । कुर्सी, पावर र सक्ताको आरमा आएर नेताहरु भ्रष्टाचारमा लिन छन् । विकासको नाममा विपद परेको बेला जनतालाई १० केजी चावल, २ केजी दाल, १ केजी नुन बाटेर देशको गरीबी जाँदैन त्यो भ्रष्टारको बाटो मात्र हो । देशको अर्थ व्यवस्थालाई नै फेर्न सक्तामा बसेको व्यक्तिलाई यस विषयमा मन्न गर्नु पर्छ र स्वदेशमै रोजगारीको व्यवस्था गर्नु पर्छ ।
नेपाल कृषि प्रधान देश भएता पनि यहाँको कृषि क्षेत्रमा डमाडोल नै देखिन्छ । मलखाद्य, बिउबिजन, न त सिंचाईकै व्यवस्था राम्रो हाम्रो सरकारले किसानको लागि गरेको छैन् । त्यही पुरानो प्रविधिको कृषि खेती हामी किसान गर्ने गर्छौ । विश्व अहिले नयाँ प्रविधिको कृषि खेती गरिरहेको छ । हाम्रो देशको किसान र देशका भविष्य युवाहरु विदेश पलायन गरिरहेको अवस्था देखिन्छ तर पनि हाम्रो सरकार मौन नै दखिन्छ ।
म राजनीतिकलाई समाजसेवाको रुपमा लिन्छौँ र जनताको सेवा नै मेरो उपलब्धी हो भन्ने बुझछौँ । यस समाजमा भएको विकृति कुरितीलाई सदाँको लागि अन्यत्य गरी एउटा असल र शिक्षित समाज बनाउने र समाज नै परिवर्तन भएपछी हाम्रो देश नै बन्छ र यो समाजलाई सहि बाटोमा डोर्याउन धिर्न प्रतिबद्धता गर्दैछु भन्ने झाले बताउनु भयो ।