LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

महोत्तरी : जसपाको क्षेत्र ३ ‘क’ बाट प्रदेश सभामा पाण्डेयको नाम प्रस्तावित

टुडेवाणी,संवाददाता,भदौ १४,महोत्तरी । जसपाको क्षेत्र नं. ३ को क्षेत्रिय समितिले प्रदेश सभा सदस्यको लागि युवा नेता राहुल पाण्डेयको नाम प्रस्तावित गरीएको छ ।

क्षेत्रिय समितिको बैठकमा सवैले उनलाई नै समर्थन गरेपछि उनको नाम प्रस्तावित भएको छ । प्रभावशाली नेताको रुपमा परिचित पुर्वमन्त्री यादव जसपा भित्र र जनतामा समेत मजबुत पकड भएको नेताको रुपमा परिचित छन ।

यता, आइतबार बसेको साेही बैठकले ३ क मा ५ जना र ३ ख मा ९ जनाको प्रदेश सभा सदस्यको लागि नाम प्रस्तावित गरिएको छ ।

त्यस्तै, सुशिल झा,मिनु झा,मोजिम राइनको नाम प्रस्तावित गरिएको छ भने ३ ख बाट श्याम यादव,कृष्ण शंकर साह,हरिनारायण मण्डल,राम नरेश यादव,सविता यादव,दरेश यादव,दीपेन्द्र यादव,शुशिल शर्मा र सर्वेश झाको नाम प्रस्तावित गरिएको हो ।

यता समानुपातिक प्रतिनिधि सभा सदस्यको लागि कुनै नाम नआए पनि प्रदेश सभाको लागि पाच पाच जनाको नाम सिफारिस भएको हाे ।

क्षेत्रिय समितिले सिफारिस गरेको नामावली जिल्लामा पठाइने र जिल्लाबाट प्रदेश,राजनितिक समिति,संसदिय वोड हुँदै उक्त सुचि अन्तिम नामका साथ टिकटको लागि कार्यकारिणी समितिमा जानेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर