LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

आज रक्षा बन्धन अर्थात जनैपूर्णीमा मनाइदै।।

टुडेवाणी,संवाददाता,साउन २७,काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुका लागि चाडबाड शुरु भएको संकेत दिने गरी आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ ।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष यो पर्व मनाउने प्रचालन हरेको छ । यस दिनलाई ऋषि तर्पणीका नामबाट पनि पुज्ने गरिन्छ ।

आज जनै एवं रक्षाबन्धन धारण गरी पर्व मनाइन्छ । कतिपय स्थानमा दिदिबहिनीले दाजु भाईको हातमा राखी बाँधेर दीर्घायुको कामना समेत गर्ने प्रचलन रहिआएको छ ।

खासगरी तराई भेगमा राखीको बढी प्रचलन रहेको छ । अन्य स्थानमा भने वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट पुजेको डोरो बाँध्ने गर्छन् ।

यस दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने प्रचलन रहिआएको छ । आज काठमाडौंको पशुपति क्षेत्रमा ठूलो भीड लाग्छ ।

यसबाहेक देशभरका शिवमन्दीर र विष्णुका मन्दिरमा भक्तजनको भीड लाग्छ । गोसाइकुण्ड र बडिमालिकामा ठूलो कष्ट रहेर पनि भक्तजन पुग्ने गरेका छन् ।

नदी किनारमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । यस दिन एघार थरि गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर