LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषमन्दिर/वान गंगामा संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको पाचौं सप्ताह आज सम्पन्न

३२असार , २०७९
धनुषमन्दिर/वानगंगा संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको आयोजनामा पाचौं हप्ता आज प्राचीन रामायण कालिन तिर्थ स्थल एवम् धार्मिक पर्यटकीय नगरी धनुषाधामको पबित्र नदि वान गंगा लक्ष्ाण सरोवरमा साप्ताहिक सरसफाइ अभियानको पाचौं हप्ताको कार्यक्रम शनिबार आज सम्पन्न भएको छ।

अभियानका संयोजक प्रमोद कुमार यादवको अगुवाइमा उक्त सरसफाइ अभियान सम्पन्न भएको छ ।

चट्टी नेपाली बाबा धनुषाधाम नगरपालिका वडा नं ३ को एतिहासिक धार्मिक एवम् तिर्थस्थल सीताराम नाम जप महायज्ञ राम धुन कुट्टी छेउमामै रहेको वानगंगाको पुल नजिक नदि लगाईतमा सरसफाइ कार्यक्रम गरिएको संयोजक यादवले बताउनु भयो ।

उक्त सरसफाइ कार्यक्रममा बिहत्तर विकास कोसका अध्यक्ष शितल साह,पुर्व सांसद एमाले नेतृ सिला यादव धनुष जनता मा.वि धनुषाधाम कक्षा १० मा अध्ययनरत विद्यार्थी,सर्सा दुर्गेस यादव , उमेश भण्डारी, दुर्योधन महतो, निलु शर्मा,ज्ञात्री परिवार धनुषाधाका अभियानी महिला सब डिभिजन वन कार्यालय धनुषाधामका कर्मचारी,धनुषा युवा संजालका जिल्ला अध्यक्ष कुल्दिप साह,प्रेस मंच नेपाल मधेस प्रदेशका संयोजक एवम् रेडियो धनुषका संचालक सरसफाइ अभियानी पत्रकार मुकेश कुमार ठाकुर,धनुष ९९.७ मेगाहर्जका आर.जे निषा अधिकारी,मा जानकी सिटि यस्क्यानका म्यानेजर मदन साह,स्मार्ट नेटका संचालक अजय कुमार यादव, नगर प्रहरी लगाइतका अभियानीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सरसफाइ सामग्री डस्पिन,झारु,माक्स,ग्लोपस लगाइतका उपकरण धनुषाधाम नगरपालिकाले उपलब्ध गराएका थिए भने युवा संजाल धनुषाको अध्यक्ष कुल्दिप साहले पनि सेनिटाइजर,माक्स,ग्लोपस सहितको सामग्री अभियानका संयोजक प्रमोद कुमार यादवलाई हस्तान्तरण गरेको हो।
उक्त कार्यक्रम प्रत्येक शनिबार बिहानको ७ बजे संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर