LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलावलीले दिइन् पदबाट राजीनामा।।

टुडेवाणी संवाददाता,असार १५,बुटवल:
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए ।

वलीले राजीनामा बुझाएको र अब मन्त्रिपरिषद्को सल्लाहमा मुख्यमन्त्रीले त्यसलाई स्वीकृत गर्ने उनले बताए ।
जेठ ३१ मा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । यसपछि सरकारले छानबिन गर्न समिति समेत गठन गरेको थियो । छानबिन समितिलाई सघाउन पार्टीको सल्लाहकार उनले राजीनामा दिएको प्रमुख सचेतक घर्तीले बताए ।

प्रदेश सभा सदस्य पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मो उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । यद्यपि पार्टी विभाजनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् । गत साउनमा माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर