LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै।।

टुडेवाणी संवाददाता,असार १५,बुधबार:
असारलाई मानो रोपेर मुरी उब्जाउने महिना भनिन्छ । अहिले किसानहरु असारे बाली लगाउनमा व्यस्त छन् । असार १५ लाई किसानहरुले पर्वकै रूपमा मनाउने गर्छन् ।

रोपाइँको यो महिनामा खेतालाहरूलाई विशेष खाजा खाना दिने प्रचलन छ । असारे खाजा र असारे भाकाको महत्व अहिले पनि उत्तिकै छ । असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ । यस दिनमा दही चिउरा खाने चलन छ ।

साथै खेती-किसानीका बेला खाइने अन्य विभिन्न प्रकारका खाजा पनि सर्वप्रिय छन् ।

असारमा रोपारहरूलाई दिइने सबैभन्दा लोकप्रिय खाजा दही चिउरा हो । दहीले पाचन प्रणालीलाई राम्रो बनाउने र चिउराले ऊर्जा दिने भएकाले किसानहरुका लागि यो खाजा मुख्य प्राथमिकतामा पर्छ ।

असारमा धान रोपाइँमै व्यस्त हुने भएकाले खाजा बनाउन पनि किसानहरुसँग धेरै समय हुँदैन । दहीलाई अघिल्लो दिन घरमै जमाउन सकिने र चिउरा पनि सजिलै उपलब्ध हुने भएकाले यो सहज खाना हो । स्वास्थ्यको दृष्टिकोणले हेर्दा पनि यो खाजा एकदमै राम्रो हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर