LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै।।

टुडेवाणी संवाददाता,असार १५,बुधबार:
असारलाई मानो रोपेर मुरी उब्जाउने महिना भनिन्छ । अहिले किसानहरु असारे बाली लगाउनमा व्यस्त छन् । असार १५ लाई किसानहरुले पर्वकै रूपमा मनाउने गर्छन् ।

रोपाइँको यो महिनामा खेतालाहरूलाई विशेष खाजा खाना दिने प्रचलन छ । असारे खाजा र असारे भाकाको महत्व अहिले पनि उत्तिकै छ । असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ । यस दिनमा दही चिउरा खाने चलन छ ।

साथै खेती-किसानीका बेला खाइने अन्य विभिन्न प्रकारका खाजा पनि सर्वप्रिय छन् ।

असारमा रोपारहरूलाई दिइने सबैभन्दा लोकप्रिय खाजा दही चिउरा हो । दहीले पाचन प्रणालीलाई राम्रो बनाउने र चिउराले ऊर्जा दिने भएकाले किसानहरुका लागि यो खाजा मुख्य प्राथमिकतामा पर्छ ।

असारमा धान रोपाइँमै व्यस्त हुने भएकाले खाजा बनाउन पनि किसानहरुसँग धेरै समय हुँदैन । दहीलाई अघिल्लो दिन घरमै जमाउन सकिने र चिउरा पनि सजिलै उपलब्ध हुने भएकाले यो सहज खाना हो । स्वास्थ्यको दृष्टिकोणले हेर्दा पनि यो खाजा एकदमै राम्रो हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर