LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

कपिलवस्तु विजयनगरमा कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण

धर्मेन्द्र कुमार कुर्मी / असार १४/गेडुवजोत

कपिलवस्तु विजयनगरमा कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
विजयनगर गाउँपालिका ले सबैमा समता हुनुको साथै शिक्षामा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले यो अभियान संचालन ल्याएको शिक्षा शाखा अधिकृत हरिहर बेल्बासेले जानकारी दिनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोपाल बहादुर थापाले पालिका भित्र पढ्ने सबै दलित बालबालिकाको शुल्क अगामि आर्थिक वर्ष देखि गाउँपालिकाले तिर्ने बताउनु भएको छ ।
उच्च शिक्षा हासिल गर्न दलित समुदायको बालबालिकामा लाग्ने खर्चमा गाउँपालिकाको दायित्व रहने थापाले बताउनु भयो ।
गाउँ पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले दलित समुदायको छात्रछात्राहरुलाई छात्रवृत्ति कार्यले समाजमा समता ल्याउने बताउनु भयो । माथिल्लो कक्षा सम्म पुग्ग पुग्दै आर्थिक अभावले बीचमै कक्षा छोडेर जाने प्रवृतिले उच्च शिक्षामा कमि रहेकोले यस कार्यले थप सहयोग पुग्ने विस्वास लिएको चौधरीले दावी गर्नुभयो ।
सामाजिक विकास संयोजक दिनेश कुमार चौधरीले शिक्षा बाट बन्चित नहुनको लागि यो अभियानलाई निरन्तरता दिने बताउनु भयो । विजयनगरमा छात्रा प्रोत्साहन अन्तर्गत साइकल वितरण तथा स्टेशनरी,सुरक्षित प्रसुति सेवामा विमा लगाएत विभिन्न कार्य गर्दै आइरहेकोे चौधरीले बताउनु भयो ।पालिका द्वारा प्रदान गरिएको दलित छात्रवृत्ति कक्षा ११ र १२ पढ्ने ६५ जनालाई जनही प्रति विद्यार्थीलाई ३ हजार ६ सय का दर २ लाख ४३ हजार को चेक कक्षा १२ सम्म संचालित ३ वटा माध्यमिक विद्यालयलाईको प्रधानाध्यापक लाई हस्तान्तरण गरिएको शिक्षा शाखाले जनाएको छ ।

हरेक क्षेत्रमा पछाडी रहेकोे दलित समुदायलाई माथि उठाउन विजयनगरमा पैरवी गर्दै आइरहेको नेपाल उत्पीडित जातीय मुक्ति समाज अध्यक्ष तौलेश्वर खटिकको विशेष पहल दलित छात्रवृत्ति वितरण कार्यको थालनी भएको छ । कार्यक्रममा दुधाधारी मावि का प्रधानाध्यापक सुग्रीव प्रसाद कोरी,विद्यार्थी उमा सुनार र लौटन राम द्रोपदी देवी माविका विद्यार्थी विजय कुमार धोवीले समेत सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर