LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सर्लाही: हत्या गरेर फरार रहेको दुई जना प्रहरीको फन्दामा।।।

टुडेवाणी,सम्बादाता,असार ११,सर्लाही: सर्लाही: कविलासी नगरपालिका–८, अगर्वाका स्थानीय रामकेवल ठाकुरका छोरा २४ वर्षीय अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढंगले हत्या गरिएको अवस्थामा असार ७ गते बिहान शव फेला परेको थियो । प्रहरीले अमरेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा उनकै सहोदर भाई अमरकान्त ठाकुर र सोही ठाउँका रुपेश कुमार चौधरीलाई पक्राउ गरेको छ।

मृतक अमरेन्द्र र भाई अमरकान्तबीच पहिले देखि नै विवाद भइरहने गरेको र असार ६ गते बेलुका पनि उनीहरु दुईबीच तरकारी ल्याउने विषयमा सामान्य बाद–विवाद भएपछि भाई अमरकान्तले गाउँकै साथी रुपेश कुमारसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको खुलेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।अमरकान्तले रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।

उनीहरुले अमरेन्द्रलाई असार ६ गते राती ८ बजेतिर खानपिनको व्यवस्था छ भनी अगर्वा चोकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटेर र शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा मृतकका भाई अमरकान्तले शङ्कास्पद व्यवहार देखाउन थालेपछि उनलाई बिहीबार राती नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अमरकान्तले साथी रुपेश सँग मिलेर दाईको हत्या गरेको स्वीकार गरेका डीएसपी बुढाथोकीले बताए । प्रहरीले उनीहरु दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

युवकको विभत्स ढङ्गले हत्या भएको घटना लगत्तै सर्लाही प्रहरीका प्रमुख (एपसी) प्रवीण पोखरेल, डीएसपी बुढाथोकी र इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजय कुँवरसहितका प्रहरी अधिकारीहरु अनुसन्धानमा जुटेका थिए । प्रहरीले अमरेन्द्रको शव फेला पर्नासाथ प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुर समेत झिकाएर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर