LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सिरहाको लहान न.पा ८ बाट लागु औषध र नगदसहित ३ जना पक्राउ।।।

टुडेवाणी,संवाददाता,असार ६,सिरहा:

सिरहाको लाहानबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित लहान नगरपालिका वडा नं. १ बस्ने दयाराम ठाकुरको छोरा बर्ष १८ को गौतम ठाकुर, भारत मधुवनी जिल्ला, ग्राम पंचायत खरियोग थाना पिप्राही १ बस्ने भुनेश्‍वर ठाकुरको छोरा बर्ष २७ को धर्मेन्द्र कुमार ठाकुर र भारत मधुवनी जिल्ला, पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई हाल लहान नगरपालिका वडा नं. ५ बस्ने फकिर मोहमदको छोरा बर्ष २१ को मोहमद अखतर लहान नगरपालिका वडा नं. ८ मा अफजतले संचालन गरेको आल्मुनियमको पसलबाट पक्राउ परेको हो ।

पक्राउ पर्नेहरुको साथबाट फेनरागन- ६४५ एम्पुल, डाईजिल्याव- ६४५ एम्पुल, व्युप्रिनोर्फिन- ६४५ एम्पुल, नाईट्राभेट- ४८० ट्याब्लेट, डाईलेक्स डि.सी.-४३९ बोतल, स्पामोप्रोक्सिभिन- ४३२ ट्याब्लेट, ज.१ प. ४७५८ नं. को मोटरसाईकल थान- १, नगद (नेपाली रुपैया) – रू ४३,५०० ।-, मोबाईल थान- ३ (तिन) बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर