LIVE NEWS
 ९ वर्षीय बालकको चमत्कारिक कीर्तिमान: समुद्र पार गर्दै विश्वलाई चकित!समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नसेवाग्राहीहरूले अब टाढाका मालपोत कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेअस्पतालमा अनुमति बिना भिडियो खिचे वा होहल्ला गरे तुरुन्त कारबाही हुनेअब लापरबाही महँगो पर्ने: सडक दुर्घटनामा कडा सजायको प्रस्तावबँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटनाबालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्न

नेपाल आयल निगम अझै पनि ठूलो घाटामा, मासिक ४ अर्ब ७० करोड घाटामा

निगमलाई सबैभन्दा धेरै घाटा खाना पकाउने ग्यासमा  टुडेवाणी,संवाददाता,असार ६,काठमाडौँ: गएराति १२ बजेदेखि इन्धनको मूल्यमा भारी वृद्धि गरेको नेपाल आयल निगमले अझै पनि ठूलो घाटा रहेको जनाएको छ । बढेको मूल्यअनुसार पनि निगमले आउँदो एक महिनामा कुल ४ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको छ । योमध्ये खाना पकाउने एलपी ग्यासबाट सबैभन्दा धेरै २ अर्ब २८ करोड नोक्सानी पर्ने निगमले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

खाना पकाउने ग्यासमा हाल प्रतिसिलिण्डर ७५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । त्यस्तै अब पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा नोक्सानी रहेको निगमको भनाइ छ । मट्टितेलमा प्रतिलिटर ४३ रुपैयाँ तथा हवाई इन्धनमा (आन्तरिक) १३ रुपैयाँ ६१ पैसा र वाह्य हवाई इन्धनमा ५६ रुपैयाँ ६७ पैसा नाफा छ । निगमले पेट्रोलियम पदार्थको खपत सकेसम्म कम गर्न पनि आग्रह गरेको छ । गएराति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर