LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

बागमती नदीमा शनिबार सशस्त्र प्रहरीले मधेश प्रदेश स्तरीय मनशुनजन्य विपद् पूर्व तयारी अभ्यास गरे।।।

सर्लाही सम्बादाता,असार ५,सर्लाही :सर्लाही र रौतहटको सीमामा पर्ने बागमती नदीमा शनिबार दिउँसो सशस्त्र प्रहरीले मधेश प्रदेश स्तरीय मनशुनजन्य विपद् पूर्व तयारी अभ्यास गरेको छ ।

उक्त, कार्यक्रममा सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापा, रौतहटको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार काफ्ले, गृह तथा सञ्चार मन्त्रालयका प्रदेश सचिव राम कुमार महतो, नेपाल प्रहरीका डीआईजी मसाउद आलम खाँ, सशस्त्रका डीआईजी मगरसहित आठवटै जिल्लाका जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

यस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यतामा बागमती नुनथरमा सशस्त्र प्रहरी बल नेपालको छिन्नमस्ता बाहिनी बर्दिवास महोत्तरीले विपद् पूर्व तयारी अभ्यास कार्यक्रम सम्पन्न गरेको बाहिनीपती एवं सशस्त्रका डीआईजी गणेश ठाडा मगरले जानकारी दिनुभयो।

 

डीआईजी मगरले बर्खायाममा मधेश प्रदेशमा बाढी तथा डुबानको समस्या धेरै हुने भएकाले सो समयमा गरिने उद्धार कार्यको पूर्व तयारी अभ्यास गरिएको जानकारी दिए ।

सर्लाहीमा केही दिनअघि चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा जिल्ला स्तरीय विपद् पूर्व तयारी अभ्यास कार्य गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर