विनोद मण्डल,आषाढ ४ । थाङ्मी भाषा , धर्म ,सांस्कृतिक बिकास प्रवर्धन हाम्रो अभियान ” भन्ने मूल नाराका साथ थाङ्मी समुदायले दोलखाको बिगु ८ थाङ्मीचागुमा उभौली पर्वको रूपमा परिचित भूम्या पर्व मनाउँदै एकापसमा खुशीयाली र शुभकामना आदानप्रदान गरेका छन् ।
निको युगान्तकारी थाङ्मीचागु यूवा मंचले आयोजना गरेको कार्यक्रममा मञ्चका सचिव गौरव थाङ्गिको अध्यक्षतामा आयोजीत कार्यक्रमा प्रमुख अथिति पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल विशेष अथिती प्रदेश ३ को एमाले पार्टीका सदस्य ठूला थाङ्मी रहनु भएको थियो ।
कार्यक्रमको उद्घाघाटन थाङ्मी गुरु आप्पाहरुले टाके बजाएर गरेका थिए ।
कार्यक्रममा थाङ्गि समुदायको धर्म र संस्कृतिको जगेर्ना आजको आवश्यकता रहेको मन्त्री पोखरेलले बताए । कार्यक्रममा वक्ताहरुले बोल्दै राज्यको ध्यान थाङ्मी समुदायको शिक्षा र विकासमा नपुगेको भन्दै यस समुदायको विकासको लागि राज्यले गम्भीर हुने बेला आएको बताएका छन् ।
कुमारी थाङ्मी र सुजन थाङ्मीको संयुक्त उद्घोषणमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब ६०० थाङ्मी समुदायको सहभागिता रहेको निको युगान्तकारी थाङ्मीचागु युवा मंचको सस्थापक सन्तोष ठान्टीले जानकारी दिए ।