LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

थाङ्गी समुदायले मनाए उभौली भुम्या पर्व ।।।

विनोद मण्डल,आषाढ ४ । थाङ्मी भाषा , धर्म ,सांस्कृतिक बिकास प्रवर्धन हाम्रो अभियान ” भन्ने मूल नाराका साथ थाङ्मी समुदायले दोलखाको बिगु ८ थाङ्मीचागुमा उभौली पर्वको रूपमा परिचित भूम्या पर्व मनाउँदै एकापसमा खुशीयाली र शुभकामना आदानप्रदान गरेका छन् ।

निको युगान्तकारी थाङ्मीचागु यूवा मंचले आयोजना गरेको कार्यक्रममा मञ्चका सचिव गौरव थाङ्गिको अध्यक्षतामा आयोजीत कार्यक्रमा प्रमुख अथिति पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल विशेष अथिती प्रदेश ३ को एमाले पार्टीका सदस्य ठूला थाङ्मी रहनु भएको थियो ।

कार्यक्रमको उद्घाघाटन थाङ्मी गुरु आप्पाहरुले टाके बजाएर गरेका थिए ।

कार्यक्रममा थाङ्गि समुदायको धर्म र संस्कृतिको जगेर्ना आजको आवश्यकता रहेको मन्त्री पोखरेलले बताए । कार्यक्रममा वक्ताहरुले बोल्दै राज्यको ध्यान थाङ्मी समुदायको शिक्षा र विकासमा नपुगेको भन्दै यस समुदायको विकासको लागि राज्यले गम्भीर हुने बेला आएको बताएका छन् ।

कुमारी थाङ्मी र सुजन थाङ्मीको संयुक्त उद्घोषणमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब ६०० थाङ्मी समुदायको सहभागिता रहेको निको युगान्तकारी थाङ्मीचागु युवा मंचको सस्थापक सन्तोष ठान्टीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर