LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

पटकपटक समाचार प्रकाशित भए पनि कपिलवस्तुमा राेकिएन काठ तस्करी

टुडेवाणी,संवाददाता,जेष्ठ ४,कपिलवस्तु- विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भए पनि नेपाल प्रहरी र ठाकुरापुर प्रहरी र बन रेन्ज पाेष्टले कुनै सक्रियता देखाएकाे छैन यसबाट पुष्टि हुन्छ कि सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे छ ।

कपिलवस्तु विजयनगर गाउंपालिका र कृष्णनगर नगरपलिक नेपाल को कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे
तस्करहरु बेलुकी काठका गुलिया जंगलबा ल्याई बाेर्डर काे किनारमा रहेको बगैचा र परालमा लुकाएर राख्ने काम गर्छन् । राति ८ देखि ४ बजेभित्र नजिकका काठ उद्योगमा पुर्‍याएर माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ ।

काठ तस्करीबारे सुरक्षा निकाय पनि अनविज्ञ छैन्न कृष्णनगर इलाका प्रहरी कार्यालय , गणेशपुर इलाका प्रहरी कार्यालय र क्षेत्र भित्रै अवैधरुपमा काठ भित्र्याउने भनेकाे दुई देश बीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धी सान्धि सम्क्षाैता विपरित कार्य हाे ।

जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे पिपरा परसुरामपुर घाट र नरायनापुर गेडुवजोत दत्तापुर घाट हुँदै वारिका मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरु सम्म पुर्याउछन ।

साथै जानी जानी वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरु माथि नाकेल कस्न नसकेकाे सेक्टर बन र प्रहरी कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रष्ट छ ।

प्रतिक्रिया
सम्बन्धित खवर