सलिना मगर,असार २,सर्लाही: सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१७ रानिगन्जमा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान बिजुलीको तारमा भर्याङ लगाएर केबल मर्मतका लागि चढ्न खोज्दा भर्याङमा नै करेन्ट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
डिस होमको लालबन्दीस्थित एक डिलरमा कार्यरत सिरहाको लहान नगरपालिका–१२, का २२ वर्षीय आदित्य सिंह गम्भीर घाइते भएका हुन् ।
उनलाई स्थानीय स्तरमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर मेडिकल कलेज पुर्याइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।