LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ

टुडीवाणी,डेस्क,असार२,रौतहट:
रौतहट जिल्लाको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन ।

 

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम यादवको कमान्डमा गएको टोलीले बंकुल चोकबाट भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोट सहित पक्राउ गरेको हो।

सक्सेनाको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार दरको २३ थान र भारु ५ सय दरको १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले जानकारी दिए ।

नेपाली र भारु नक्कली नोटसहित एकजना भारतीय नागरिक रौतहट आएको सूचनाको आधारमा सक्सेनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर