टुडेवाणी,सम्बादाता,अषार १,सर्लाही:सर्लाहीको मलगंवामा ट्रयाक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नं.—५ मोहनपुरका अन्दाजी ३२ वर्षिय रविन्द्र साह सोनार रहेका छन् ।
मंगलवार अपरान्ह ४ बजे मलंगवा नगरपालिका —.६, लखनदेही खोलाको तटबन्धको लागी ढुङ्गा लोड गरी आएको ज.१ त.३८२४ नं.को ट्रयाक्टर ढुङ्गा झारी फर्कने क्रममा अनियन्त्रित भई पल्टिन जादाँ चालकको मृत्यु भएको हो ।
लासलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाई,ट्याक्टर नियन्त्रणमा राखि अनुशन्धान प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।