LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

लालबन्दी मोडेल हस्पिटलको लापरबाहीले लियो एक महिलाको ज्यान ।

सलिना मगर,जेष्ठ ३१,सर्लाही :
सर्लाही लालबन्दी :कालिन्जोरकी ४७ वर्षीया सुकुमाया गोलेको फोक्सोमा समस्या देखिएपछि आफन्तले अस्पताल लगेका थिए। मोडेल अस्पतालमा उपचाररत महिलालाई निको भएको भन्दै अस्पतालले डिस्चार्ज भएकी महिलाको मृत्यु भएको हो।

२६ जेठमा अस्पताल भर्ना गरिएकोमा उनलाई अस्पतालले २९ जेठमा डिस्चार्ज गरेको थियो। तर घर लगेको राति नै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएको थियो। अस्पतालले सामान्य उपचारपछि काठमाडौं रेफर गरेको थियो।

काठमाडौं ल्याउँदै गर्दा काभ्रेको भकुण्डेबेसीमा बाटैमा उनको मृत्यु भएको थियो। त्यसपछि अस्पतालले लापरबाही गरेको भन्दै परिवारले शव अस्पतालमै लगेर राखेको थियो। परिवारले मंगलबार बिहान मृतकको शव भकुण्डेबेशीदेखि फर्काएर पुनः लालबन्दी ल्याएका थिए।

अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोपसहित परिवार प्रदर्शनमा उत्रिएकोमा ईश्वरपुरका जनप्रतिनिधिसहित मंगलबार बिहान छलफल भएको थियो।

छलफलपछि बिरामीको उपचारमा लागेको खर्च अस्पतालले बेहोर्ने सहमति गरेपछि मृतकको शव परिवारले बुझेर लगेका छन्।

मृतक परिवारको औषधि उपचार खर्च ६८ हजार रुपैयाँ उठेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर