टुडेवाणी,संवाददाता,जेष्ठ २९,धनुषा।
धनुषाको मिथिला नगरपालिकामा आइतवार नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मिथिला नगर बाल संजालको अध्यक्ष दिवेश कुमार महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीको प्रमुख आतिथ्यमा नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
मिथिला नगर बाल संजाल ढल्केवर धनुषाको आयोजना तथा मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहयोगमा राष्ट्रिय बाल श्रम विरुद्ध दिवसको अवसरमा श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा सो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा मिथिला नगरपालिका भित्र रहेको ११ वटै वडा मध्ये १० वटा वडाको बाल क्लब बिच प्रतिस्पर्धा गराइएको थियो ।
सो प्रतियोगितामा १४ अंक प्राप्त गरेर मिथिला नगरपालिका वडा नं–६ ढल्केवरको लालीगुराँस बाल क्लवका प्रवेश सिंह, अभिशेक सिंह, आरती कुमारी महतो र आशिका यादव प्रथम स्थान हासिल गरेका छन् । यस्तै १० अंक ल्याएर मिथिला नगरपालिका वडा नं २ नक्टाझिजको एकता बाल क्लवका कृष्ण कुमार महतो, सोनु कुमार राय राजपुत, विनिता महतो र निरा कुमारी महतो दोस्रो स्थान ल्याउन सफल भएका छन् ।
त्यस्तै गरी ६ अकं ल्याएर मिथिला नगरपालिका वडा नं. ८ कुसुमविछौनाको सृजनशील बाल क्लवका नागीना मण्डल, अस्मिता महतो, उज्वल सिंह, प्रविन नायक राय तेस्रो स्थान प्राप्त गरेका छन् भने मिथिला नगरपालिका वडा नं. ३ को रामजानकी बाल क्लवले सान्त्वना स्थान ल्याएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जनता मावि नक्टाझिजका प्रअ श्याम कुमार यादव, मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि भगवती गजुरेल र मिलन श्रीवास्तव, मिथलेश महतो, मिथिला युवा संजालका अध्यक्ष ई.मनिष कुमार महतो, मिथिला विकास संस्थानका अध्यक्ष कृष्ण महतो ,उपाध्यक्ष मन्दिप कुमार कुशवाहा, मिथिला नगर युवा संजालका अध्यक्ष राजु कुमार सिंह, मिथिला नगर बाल संजालका पुर्व अध्यक्ष अंकित कुशवाहा, मिथिला नगर बाल संजाल का उपाध्यक्ष आरती साह लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उदघोषन तथा सञ्चालन हिमालय युवा क्लवका संरक्षक अरुण कुमार महतोले गरेको मिथिला नगर बाल संजालका सचिव अमित कुमार महतोले जानकारी दिएका छन् ।