LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

धनुषा : नेपाल टेलिकमको कर्मचारी भ्रस्टाचारमा लिप्त !

टुडेवाणी,डेस्क,जेष्ठ २३ गते,धनुषा।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित नौसय विघा टोलमा बस्ने नेपाल दुरसंचार कम्पनी ( नेपाल टेलिकम ) धनुषाका टेक्निशियन कमलेश यादवले दुरसंचारको पोल लुकाइछुपाइ बेचेको रहस्य खुलासा भएको छ ।

आइतबार हिजो स्थानीय गणेश यादवले पत्रकार सम्मेलन गरि नेपाल दुरसंचार कम्पनी ली.को केन्द्रिय कार्यलय काठमाडौमा उजुरी समेत दिएको बताए । यादवले सार्वजनिक जग्गामा टावर राखे बापत भाडा असुल गरि भ्रष्टाचार गरेको तथा पोल लुकाइ- छिपाइ चोरी गरि विभिन्न व्यक्तिबाट रकम लिई पोल गाडेको नेपाल टेलिकमको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

यादवले दुरसंचार कम्पनीको स्वामित्वमा रहेको बिना स्वीकृति स्टोरबाट लुकाइँ छिपाइ चोरी गरि पाँच थान स्टीलको पोल सोही गाउँ नौसय विघाको पुर्वतर्फ गाडेर स्थानीय व्यक्तिहरुलाई पानी तान्न मोटो रकम लिइँ बिक्री गरेको स्थानीयले आरोप लगाएका छन् ।

यता, हो- हल्ला हुँदा आफ्नो जग्गामा गाडेको सो पोल उखेल्न कमलेश यादवले प्रयास गर्दा स्थानीय व्यक्तिहरु प्रहरी बोलाइ रोक्न लगाइएकोले हालसम्म पोल यथावत स्थानमा रहेको बताएका छन् ।

स्थानीय सत्य नारायण महतोले जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी दिन नमानेको पीडितले बताएका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित दुरसंचार कार्यलयको जग्गामा करिब ६ थान पोलहरु गाडन दिएकोमा यादवले तोकिएको ठाउँमा पोल नगारी आफ्नो जग्गामा पोल गाडेको र विभिन्न उपकरणहरु चोरी गरि घरमा राखिएको जाहेरीमा उल्लेख गरिएको छ ।

यद्यपि, यादवले सार्वजनिक सम्पत्ति दुरुपयोग गरेकोले तत्काल छानबिन गरि आवश्यक कार्वाहीको लागि उनहरुले माग समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर