टुडेवाणी,डेस्क,जेष्ठ २२,पर्सा:
पर्साको ठोरी गाउँपालिकाको २ वटा विद्यालयमा शानिबार राति चोरी भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित विजयबस्ती मावि र वडा नम्बर ५ स्थित सखुवाटी प्राबिमा गएराती चोरी भएको हो ।
विधालयका कोठाहरुको ताल्चा फोडेरभित्र रहेका सामग्री भताभुङ्ग पारेको अवस्थामा भेटिएको बिजयबस्ती माबिका प्रधानाध्यापक नारायण लामाले जानकारी दिए ।
कक्षा–१२ को परीक्षा केन्द्रसमेत रहेको उक्त बिद्यालयको २ वटा कार्यलय कोठा, पुस्तकालय, होस्टेल रुम र कम्प्युटर रुमको फलामको रडले ताल्चा फोडेर भित्र रहेका सामानहरु लथालिङ्ग अवस्थामा भेटिएको र के के सामाग्री चोरी भयो भन्ने खोजी कार्य भइरहेको उनले बताए ।
यसैगरी ठोरी–५ स्थित सखुवाटी प्राबिमासमेत रडले कोठाको ताल्चा फोडेर डेल कम्पनीको एउटा ल्यापटप, प्रोजेक्टर, पानी तान्ने मोटर लगायतका सामाग्री चोरी भएको विद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठले बताए ।
सखुवाटी प्राबीमा चोरी गर्ने अभियुक्तको पहिचान भइसकेको र थप अनुसन्धान जारी रहेकाले केहिबेर पछि बिस्तृत विवरण आउने प्रअ श्रेष्ठले बताए ।