LIVE NEWS
नेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयो

निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट: भिडियो सहित

-रौतहटको कटहरिया नगरपालिका वडा नं ३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए ।

निर्वाचन हारेपछि उमेश यादवले छिमेकी कृषनन्दन यादव र उनकी पत्नी रिता देवीसँग झगडा गरेका छन् । झैझगडा हुँदा उनीहरूमाथि कुटपिट गरिएको आरोप छ । कृषनन्दन यादवको टाउकोमा चोट लागेको छ । रिता देवीको पनि शरीरमा चोट लागेको बताइएको छ । घाइते दम्पतीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार भइरहेको छ ।

निर्वमान वडा अध्यक्ष र कृषनन्दको बीचमा पुरानो रिसिइबीका कारण सामान्य झगडा भएको रौतहटका एसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । उनले भने–‘पुरानो रिसिइबिका कारण सामान्य झगडा भएको हो, पूर्व सूचनाको आधारमा प्रहरी परिचालन गरेको हुनाले ठुलो झगडा भएन ।’ निवर्तमान वडा अध्यक्ष उमेश यादवले आफूले कुटपिट गरेको अस्वीकार गरेका छन् । इलाका प्रहरी कार्यालय कटहरियाले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर