LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषाको मिथिला नगरपालिका ढल्केवरमा एक युवकको शव फेला

टुडेवाणी,डेक्स,ढल्केवर,जेष्ठ २ गते । धनुषाको मिथिला नगरपालिकामा आज बिहान अन्दाजी २५ बर्षीय विनोद कुमार यादव झुण्डिएको अवस्थामा मृत फेलापरेका हुन् ।

ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत रहेको मिथिला हार्डवेयरको पछाडी रहेको बगैचामा झुण्डिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

‘घटनाको प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्धको विषय बाहिर आएको छ । घटनाको थप अनुसन्धानको लागी दुईजनालाई नियन्त्रणमा लिएका छौं, प्रहरी निरीक्षक सिंहले बताए ।

युवकको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर