LIVE NEWS
सेवाग्राहीहरूले अब टाढाका मालपोत कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेअस्पतालमा अनुमति बिना भिडियो खिचे वा होहल्ला गरे तुरुन्त कारबाही हुनेअब लापरबाही महँगो पर्ने: सडक दुर्घटनामा कडा सजायको प्रस्तावबँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटनाबालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्नलमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्याननिर्माण क्षेत्रमा ‘सुनामी’, मधेसका व्यवसायीको चेतावनी

घरमा सुतिरहेको अवस्थामा बालिकाको मृत्यु

टुडेवाणी,१ जेष्ठ,सर्लाही : ईश्वरपुर नगरपालिका-५, सखुवनीमा शनिबार अपरान्ह ४ बजे एक बालिका सुतेकै ठाउँमा मृत फेला परेकी छन्।

स्थानीय गोविन्द मण्डलकी छोरी १२ बर्षिया करिना कुमारी मण्डल आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत भेटिएकी हुन्। ओछ्यानमा सुतिरहेकै ठाउँमा मृत फेला परेपछि परिवारले प्रहरीमा खबर गरेका थिए।

बालिकाको मृत्युको कारण खुलिसकेको छैन्। इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका प्रहरी निरीक्षक रोशन थापाले बालिकको मृत्युबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरी निरीक्षक थापाले जानकारी दिए। बाकी विवरण आउन बाकी ।

प्रतिक्रिया
सम्बन्धित खवर