LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

मुसहर समुदायकी किशोरी सलिता सदाले गरिन उम्मेदवार महतोलाई एक लाख सहयोग

टुडेवाणी,बैशाख २४,सलिना मगर,सर्लाही:
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पालिका अध्यक्षमा उम्मेदवारी दिएका मुसहर अभियन्ता राजकुमार महतोलाई एक लाख बराबरको आर्थिक सहयोग प्राप्त भएको छ।

नेपाली काँग्रेसका तर्फबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका महतोलाई सिरहा निवासी मुसहर समुदायकी किशोरी सलिता सदाले एक कार्यक्रमका बिच उक्त रकम बराबरको लाख चेक हस्तान्तरण गरेकी छिन।

तराई मधेशको अति विपन्न समुदायको दुःख पिडा बुझेको, शिक्षित, अनुभवी र देशविदेश घुमेको राज कुमार महतो जस्तो व्यक्ति स्थानिय तहको चुनावमा जित्नै पर्ने भएकोले आफुले कमाएर बचत गरेको पैसा मुसहर समुदायको तर्फबाट सहयोग गरेको सप्तरी निवासी सलिता सदाले बताईन।

विगत १५ वर्ष देखी पिडामा रहेको समुदाय, ओझेलमा परेको मुदा र संस्कृति सम्पदाको संरक्षणको लागीे आफनो ज्ञान, समय, नेटवर्क र स्रोतसाधन खर्च गरी उहाँले अरुलाई सहयोग गरे। उनले भनिन। आज चुनावी महोलमा उहाँलाई अरुको समय, समर्थन र सहयोगको आवश्यकता रहेकोले त्यसै अनुसार आफुले सके जतिको आफनो स्तरबाट सहयोग गरेकी छु।

भविष्यमा सांसद बन्ने ईच्छा बोकी नेपाल कम्युनिस्ट एकीकृत समाजवादी पार्टीमा सक्रिय रुपमा लागेकी सलिता सदा मुसहरले भविष्यमा पिडामा रहेको गरिब, विपन्न समुदाय तथा देश र जनताको हितमा सदैव कार्य गर्दै जाने बताईन ।

विगत १५ बर्ष देखी समाजिक कार्यमा सक्रिय भएर विभिन्न अभियान संचालन गर्दै आएका राजकुमार महतोले शक्तिहिनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियान संचालन गरी ४०० भन्दा बढीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गरेका गर्नुका साथै जग्गा, नागरिकता, सुरक्षित आवास जस्ता विषयमा निःस्वार्थ रुपले कार्य गरेका गर्दै आएको हो।

समाजमा भएका सबै किसिमका असमनता, विभेद र शोषण लाई परास्त गरि सबै समुदाय, वर्ग, लिंग र जाती अटने सभ्य र समृद्ध समाज निर्माणका लागि आफु राजनीतिकमा आएको अभियन्ता राजकुमार महतोले बताए ।

भोक, शोक, शोषण तथा दमनका सिकार भएर सबैभन्दा अन्तिम पिधंमा रहेका मुसहर समुदायको किशोरीबाट प्राप्त भएको सहयोगले आफनो मनोबल उच्च छ, उनले भने ।

मैले जुन समुदायको हक, हितका लागि विगत डेढ दशक भन्दा बढी समय काम गरे आज त्यही समुदायकी किशोरीबाट आर्थिक सहयोग प्राप्तले चुनावमा समेत थप उर्जा प्राप्त मिलेको छ। अगामी दिनमा पनि गरिब, दलित तथा अतिविपन्न परिवारका लागि काम गर्दै जाने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर